National life

पुस २९ गतेका लागि सिवाईसी नेपाल लघुवित्तले डाक्यो साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ पुस २०८१, सोमबार
668Shares
पुस २९ गतेका लागि सिवाईसी नेपाल लघुवित्तले डाक्यो साधारण सभा
ncell

काठमाडौँ । आगामी पुस २९ गतेका लागि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । पुस ७ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले संस्थाको छौठौं साधारण सभा पोखरामा रहेको होटल दिपसागरमा बिहान ११ बजेदेखि बस्ने जनाएको छ ।

उक्त सभा संस्थाको ठेगाना परिवर्तन,प्रबन्ध पत्र तथा नियमावलीमा समसामयिक थप÷संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिने छ । यस्तै अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरू मात्रै सभामा भाग लिन योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
668SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?