National life

पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च विन्दुमा, उपभोक्ता मारमा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२० चैत २०८२, शुक्रबार
1.5kShares
पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च विन्दुमा, उपभोक्ता मारमा
ncell

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा समान रूपमा १५ रुपैयाँ वृद्धि गरेको जानकारी दिएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ निरन्तर बढ्दै गएपछि आन्तरिक बजारमा पनि मूल्य समायोजन गर्न निगम बाध्य भएको हो। चैत १९ गते बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ दरअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ। यस वृद्धिले उपभोक्तामा थप आर्थिक दबाब पर्ने देखिएको छ, विशेषगरी यातायात र ढुवानी क्षेत्र प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ।

निगमले मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्थिर बनेको उल्लेख गरेको छ। आयात लागत बढ्दै जाँदा निगमलाई आर्थिक दबाब समेत बढेको छ। हाल प्रत्येक १५ दिनमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नु परेको निगमको भनाइ छ।

यद्यपि मूल्य समायोजन आवश्यक भएको तर्क गरिए पनि यसले बजारमा महँगी बढाउने र सर्वसाधारणको दैनिक खर्चमा थप भार पार्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। आगामी दिनमा मूल्य स्थिरता कायम राख्न दीर्घकालीन नीति आवश्यक छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?