National life

पेट्रोलियम पदार्थमा प्रतिलिटर १५ रुपैयाँले मूल्य वृद्धि, निगम आर्थिक दबाबमा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१२ चैत २०८२, बिहिबार
1.4kShares
पेट्रोलियम पदार्थमा प्रतिलिटर १५ रुपैयाँले मूल्य वृद्धि, निगम आर्थिक दबाबमा
ncell

काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लागेपछि नेपाल आयल निगमले स्वदेशी बजारमा फेरि मूल्य समायोजन गरेको छ। पछिल्लो करिब एक महिनाको अवधिमा पेट्रोलमा प्रतिलिटर झन्डै ७६ रुपैयाँ र डिजेलमा करिब १४३ रुपैयाँसम्म लागत बढेपछि निगम आर्थिक रूपमा दबाबमा परेको जनाउँदै मूल्य वृद्धि गरिएको हो।

निगमले बुधबार साँझ सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले भाउ बढाइएको छ। निगमका अनुसार समयमै मूल्य समायोजन गर्न नसक्दा छोटो अवधिमै ठूलो परिमाणमा घाटा बेहोर्नुपरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संशोधित दरअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ निर्धारण गरिएको छ।

निगमले अन्तर्राष्ट्रिय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसनबाट महँगो मूल्यमा इन्धन खरिद गर्नुपरेको कारण लागत बढ्दै गएको जनाएको छ। बढ्दो लागत र भुक्तानीको चापले आपूर्ति व्यवस्थापनमै समस्या आउन सक्ने जोखिम देखिएकाले मूल्य समायोजन आवश्यक भएको निगमको भनाइ छ।

उपभोक्तामा पर्ने असर कम गर्न मूल्य स्थिरीकरण कोषको केही अंश प्रयोग गरिएको पनि निगमले स्पष्ट पारेको छ। साथै, अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा त्यसअनुसार आन्तरिक बजारमा पनि भाउ घटाउने प्रतिबद्धता जनाएको छ।

निगमले मूल्य निर्धारणका लागि देशलाई तीन वर्गमा विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछन्। दोस्रो वर्गमा सुर्खेत र दाङ समावेश छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल राखिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?