National life

वैशाख महिनासम्म मूल्य वृद्धि दर २.७७ प्रतिशत , कुन समूहतर्फ कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ जेठ २०८२, मङ्गलबार
952Shares
वैशाख महिनासम्म मूल्य वृद्धि दर २.७७ प्रतिशत , कुन समूहतर्फ कति ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख महिनासम्मको तथ्यांक अनुसार वैशाख महिनामा मूल्य वृद्धि दर (मुद्रास्फीति) घटेको छ। सार्वजनिक तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
१ वर्षमा मूल्य वृद्धि दर १.६३ प्रतिशतले घटेको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो।

साथै, १० महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ। यता, तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ।

त्यस्तै यस अवधिमा, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेष्टुरेण्ट तथा आवास सेवाहरूको ३.१६ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२९ प्रतिशत, मधेश प्रदेशको २.८१ प्रतिशत रहेको छ। त्यस्तै, बागमती प्रदेशको २.४० प्रतिशत, गण्डकी प्रदेशको २.२३ प्रतिशत, लुम्बिनी प्रदेशको २.१५ प्रतिशत, कर्णाली प्रदेशको २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.१४ प्रतिशत रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
952SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?