National life

प्यान नम्बर लिने करदाताको सङ्ख्या एक वर्षमा २ लाख थपियो , हालसम्म कति जोडिए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ पुस २०८०, सोमबार
648Shares
प्यान नम्बर लिने करदाताको सङ्ख्या एक वर्षमा २ लाख थपियो , हालसम्म कति जोडिए ?
ncell

काठमाडौँ। अर्थ मन्त्रालयले हालसम्म मुलुकमा स्थायी लेखा नम्बर (प्यान नम्बर) लिने करदाताको सङ्ख्या ५७ लाख ९७ हजार ३४६ पुगेको छ।

सबै किसिमका करदाता गरेर २०७९ कात्तिकसम्म ५५ लाख ५४ हजार २६ जना करदाता रहेकामा पछिल्लो १ वर्षमा थप २ लाख ४३ हजार ३२० करदाता थपिएको छ । पछिल्लो एक वर्षमा थपिएको उल्लेखित सङ्ख्या सहित अहिले स्थायी लेखा नम्बर लिनेको सङ्ख्या करिब ५८ लाख आसपासमा पुगेको छ । मन्त्रालयका अनुसार एक वर्षे अवधिमा करिब २ लाख व्यक्तिगत करदाता थपिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०७९ कात्तिकदेखि २०८० कात्तिकसम्मको अवधिमा १ लाख ९९ हजार ३६१ जनाले स्थायी लेखा नम्बर लिएको मन्त्रालयको तथ्थांकमा उल्लेख गरिएको छ । मन्त्रालयको तथ्यांकअनुसार एक वर्षे अवधिमा ४१ हजार ८३३ वटा संस्थाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् भने २ हजार १२६ वटा कर कट्टी गर्ने निकायले स्थायी लेखा नम्बर लिएका छन्।

यस्तै, सोही अवधिमा करिब १० हजार मूल्य अभिवृद्धि करमा दर्ता भएसँगै यस्तो करमा दर्ता हुनेको सङ्ख्या ३ लाख १८ हजार ३६२ पुगेको छ। मन्त्रालयका अनुसार एक वर्षे अवधिमा ४ हजार ६४१ वटा निकाय अन्तःशुल्कमा दर्ता भएका छन्।

सरकारले २ हजार रुपैयाँ बढीको कारोबारमा स्थायी लेखा नम्बर अनिवार्य गरेपछि करदाताको सङ्ख्या बढ्न थालेको हो। आन्तरिक राजस्व विभागले स्वैच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार नारासहित कर असुलीलाई प्राथमिकतामा राख्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?