National life

पेशा, व्यवसाय गर्नेको संख्या बढेसँगै स्थायी लेखा नम्बर लिनेको संख्या ६६ लाख कट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० चैत २०८१, आइतबार
712Shares
पेशा, व्यवसाय गर्नेको संख्या बढेसँगै स्थायी लेखा नम्बर लिनेको संख्या ६६ लाख कट्यो
ncell

काडमाडौं। पछिल्लो समय करदाताको सङ्ख्यामा वृद्धि हुदैँ गएँसँगै स्थायी लेखा नम्बर लिनेको सङ्ख्यामा बढोत्तरी आएको छ ।

२०८१ माघसम्मको अवधिमा ६६ लाख ५९ हजारभन्दा बढीले स्थायी लेखा नम्बर लिएका छन् ।  चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा कुल ४ लाख ३३ हजार ७ सय ३ करदाता थप भई भएको हो ।

आन्तरिक राजस्व विभागका अनुसार यस अवधिसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ४१ हजार ७ सय १६ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २३ हजार १ सय ३२ पुगेको विभागको तथ्यांकमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर कर कट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बरको अनुपात क्रमशः ३०.२ प्रतिशत, ०.५ प्रतिशत र ६९.३ प्रतिशत रहेको विभागले जनाएको छ ।

उद्योग, व्यापार, पेशा, व्यवसाय (फर्म नराखी स्वतन्त्र व्यवसाय गर्ने प्राकृतिक व्यक्तिसमेत), रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोबार, बैंकिङ्ग कारोबार, जारी गर्ने बील बीजक, खाता बही, कागजात तथा आय विवरण लगायत कर सम्बन्धी सम्पूर्ण विवरणमा PAN को उल्लेख गर्न अनिवार्य भएकोले PAN लिनु अनिवार्य गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
712SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?