National life

प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज बीच सहकार्य गर्ने समझदारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
1.2kShares
प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज बीच सहकार्य गर्ने समझदारी
ncell

काठमाडाैं । प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज बीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज अन्तरगत व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस सम्बन्धि बिषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापनसहित पूँजीबजारको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा ती दुई पक्ष बीच बिहीबार सम्झौता भएको हो ।

उक्त सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका सञ्चालक अभिषेक के. कार्कीले हस्ताक्षर गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो अवसरमा प्रभु क्यापिटलको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका कार्यक्रम संयोजक ऋकिता श्रेष्ठेको समेत उपस्थिति थियो ।

सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजीबजार सम्बन्धी सामान्य, आधारभुत तथा प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान तथा तालिमहरु प्रदान गर्ने छ ।

त्यसैगरि,क्यापिटलले व्यवहारिक ज्ञान प्रदान गर्न विद्यार्थीहरुलाई इन्टर्नशिपको पनि अवसर प्रदान गर्ने छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?