काठमाडौं । माण्डु हाइड्रोपावरको आइपीओ आईतबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार आइपीओ बाँडफाँड हुने भएको हो ।
यस आइपीओमा ९ लाख ८० हजार ५३ जनाले १ करोड ६ लाख ९५ हजार ३३० कित्ता शेयरका लागि आवेदन दिएका हुन्।यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८.८७ गुणा बढी आवेदन हो ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ । जसअनुसार १ लाख २० हजार ५३२ आवेदकले १०/१० कित्ताका दरले सेयर पाउने छन् ।
कम्पनीको शेयरमा ८ लाख ५९ हजार ५२३ आवेदकको हात खाली हुने भएको छ ।


































