काठमाडौं । फर्स्ट माइक्रो फाइनान्सको १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।
प्रभु बैंकले आफ्नो स्वामित्वमा रहेको फाइनान्समा फाइनान्सकै संस्थापक शेयर धनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (फागुन ७ गते) देखि ३५ दिन भित्र निवेदन दिनुपर्नेछ। अर्थात् चैत ११ गतेसम्म आवेदन दिन मिल्नेछ ।
यसमा न्यूनतम ३१५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले फर्स्ट माइक्रो फाइनान्सको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौँमा निवेदन दिनुपर्नेछ ।


































