National life

फोन पेकाे ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियानको घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ भदौ २०८०, बिहिबार
1.2kShares
फोन पेकाे ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियानको घोषणा
ncell

काठमाडौँ । फोन पेले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको घोषणा गरेको छ । यसको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको कम्पनीले जनाएको छ ।

‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो मोबाइलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिकता दिएको कम्पनीको भनाई छ । यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआरजस्ता तरिकाहरू रहेका छन् । भाद्र महिना भरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरू ले फोन पे को फोन पे डिरेक्ट सुविधा प्रयोग गर्नुपर्ने शर्त लागु गरिएको छ । यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आईफोन १४ प्रोको मेगा उपहारबाट पुरस्कृत गरिने छ । अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिक रूपमा अन्य उपहारद्वारा गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?