काठमाडौँ। उपेन्द्र पौड्याल बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को अध्यक्षमा पुनः दोहोरिएका छन् ।
सिविफिनको पाँचौँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा उनको मात्रै उम्मेदवारी परेपछि उनी लगायत कार्यसमितिका सचिवबाहेकका अन्य पदका पदाधिकारीहरू निर्विरोध चयन भएका हुन्।
वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका कुश प्रसाद मल्ली तथा महासचिवमा हिमालयन बैंकका प्रचण्ड बहादुर श्रेष्ठ निर्वाचित भएका छन्।
सचिव पदमा भने विकास बैंकबाट महेन्द्र कुमार गोयल र थानेश्वर पौडेलले उम्मेदवारी गरेकाले यसमा टुंगो लाग्न बाँकी रहेको सिविफिनले जानकारी दिएको छ ।
त्यस्तै, सदस्यहरूमा राजाराम खड्का, डा.बाल गोपाल वैद्य, लीला प्रकाश सिटौला, मनोजकुमार गोयल, चन्द्र बहादुर अधिकारी, राधेश पन्त, रमण नेपाल, सुदिप आचार्य, चिन्तामणि भट्टराई र लक्ष्मी प्रसाद महर्जन चयन भएका छन् ।
नयाँ कार्यसमितिको घोषणा बैंक तथा वित्तीय संस्था परिसंघको निर्वाचन समितिले गरेको हो। यससँगै सिविफिनमा सचिव पदमा बाहेक कार्यसमितिका अन्य सदस्यहरूमा एकभन्दा बढी उम्मेदवारी नपरेपछि सबै सदस्यहरू निर्विरोध चयन भएका हुन् ।

































