National life

बजेटले अर्थतन्त्र पुनरुत्थानमा नयाँ आशा जगाएको सिबिफिनको निष्कर्ष

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१७ जेठ २०८३, आइतबार
2.3kShares
बजेटले अर्थतन्त्र पुनरुत्थानमा नयाँ आशा जगाएको सिबिफिनको निष्कर्ष
ncell

काठमाडौं । नेपाल सरकारद्वारा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटले अर्थतन्त्रको पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले व्यक्त गरेको छ।

सिबिफिनका अनुसार हाल सुषुप्त अवस्थामा रहेको अर्थतन्त्र, कमजोर लगानी आत्मविश्वास, बैंकिङ क्षेत्रमा कर्जा विस्तारको चुनौती तथा बढ्दो खराब कर्जाको अवस्थाबीच बजेटले सकारात्मक ऊर्जा र नयाँ आशा जगाएको छ।

परिसंघले कर प्रणाली सुधार, उद्योग व्यवसायलाई सहुलियत, डिजिटल अर्थतन्त्र प्रवर्द्धन, पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकास, लगानीमैत्री वातावरण निर्माण र गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा अत्यन्तै समयसापेक्ष र दूरदर्शी कदम भएको जनाएको छ।

साथै व्यक्तिगत आयकर छुट सीमा वृद्धि, कर दर पुनरावलोकन, औद्योगिक कच्चा पदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पूँजी परिचालनका प्रावधानले आर्थिक गतिविधि विस्तारमा मद्दत पुग्ने विश्वास पनि व्यक्त गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सिबिफिनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि नीति स्थायित्व र निजी क्षेत्रसँगको सहकार्यलाई केन्द्रमा राख्न सरकारसँग आग्रह गर्दै दिगो आर्थिक विकासका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?