National life
cg eloctronics

मधेशको कृषि क्षेत्रमा सहुलियतपूर्ण कर्जाको विस्तार, अर्थतन्त्रमा ठूलो योगदानको अपेक्षा

९ अर्बको कृषि कर्जाले मधेशको अर्थतन्त्रलाई टेवा दिने अपेक्षा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|१३ कात्तिक २०८३, शुक्रबार
1.7kShares
मधेशको कृषि क्षेत्रमा सहुलियतपूर्ण कर्जाको विस्तार, अर्थतन्त्रमा ठूलो योगदानको अपेक्षा
muktinatha bikash bank

धनुषा । मधेश प्रदेशमा कृषि क्षेत्रको विकास र उत्पादन बढाउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कृषि कर्जामा ८ अर्ब ९९ करोड रुपैयाँ लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठ जिल्लामा उक्त परिमाणको कृषि कर्जा प्रवाह भएको हो।

जिल्लागत रूपमा सबैभन्दा बढी कर्जा धनुषामा प्रवाह भएको छ। धनुषामा १ अर्ब २ करोड रुपैयाँ अर्थात् १६.५४ प्रतिशत कर्जा लगानी हुँदा सबैभन्दा कम सप्तरीमा ३० करोड रुपैयाँ अर्थात् ४.८७ प्रतिशत मात्रै प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

मधेश प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको भूमिका महत्वपूर्ण देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यस क्षेत्रको योगदान ३४.९७ प्रतिशत रहने अनुमान गरिएको छ। यसको विपरीत खानी तथा उत्खनन क्षेत्रको योगदान सबैभन्दा कम ०.१४ प्रतिशत रहने प्रक्षेपण छ। सोही अवधिमा प्रदेशको प्रतिव्यक्ति जिडिपी ९३४ अमेरिकी डलर रहने अनुमान छ।

everest bank

कृषि उत्पादनको अवस्थालाई हेर्दा फलफूल खेतीको क्षेत्रफल ३३.९९ प्रतिशत र मसला बालीको क्षेत्रफल ४.४६ प्रतिशतले बढेको छ। तर खाद्य तथा अन्य बाली लगाइएको क्षेत्रफल ४.४७ प्रतिशत र तरकारी तथा बागवानीको क्षेत्रफल १०.१५ प्रतिशतले घटेको छ।

उत्पादनतर्फ तरकारी तथा बागवानीमा ०.५४ प्रतिशत र फलफूलमा ४.९९ प्रतिशत वृद्धि भएको छ। खाद्य तथा अन्य बालीको उत्पादन ५.६९ प्रतिशत र मसला बालीको उत्पादन ४.४४ प्रतिशतले घटेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।

पशुपन्छी तथा मत्स्य उत्पादनमा भने मिश्रित अवस्था देखिएको छ। मासु उत्पादन १०.१९ प्रतिशत र अन्डा उत्पादन ३.११ प्रतिशतले बढ्दा दूध उत्पादन २.६७ प्रतिशतले घटेको छ। माछा उत्पादनमा ५.०५ प्रतिशत वृद्धि भएको छ। वनजन्य उत्पादनतर्फ काठ र दाउराको उत्पादन क्रमशः ६०.५८ प्रतिशत र ७८.६२ प्रतिशतले बढेको छ।

कृषि, माछापालन तथा वन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी २०८३ असार मसान्तसम्म ५९ अर्ब ८६ करोड ९० लाख रुपैयाँ पुगेको छ। यो मधेश प्रदेशमा प्रवाह भएको कुल कर्जाको १२.१० प्रतिशत हो।

औद्योगिक क्षेत्रमा पनि कर्जा लगानीमा सामान्य सुधार देखिएको छ। गत आर्थिक वर्ष औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ०.६८ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब २८ अर्ब ९ करोड रुपैयाँ थियो। अध्ययनमा समेटिएका प्रमुख उद्योगले औसतमा आफ्नो उत्पादन क्षमताको ६४.५९ प्रतिशत उपयोग गरेको पाइएको छ।

घरजग्गा कारोबारमा गत आर्थिक वर्ष मधेस प्रदेशमा १ लाख १६ हजार २०७ वटा रजिस्ट्रेसन भएका छन्। उक्त कारोबारबाट सरकारले ३ अर्ब २२ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ।

बैंकिङ क्षेत्रतर्फ २०८३ असार मसान्तसम्म प्रदेशका बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप १७.३२ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। तर सोही अवधिमा कर्जा प्रवाह भने ०.१८ प्रतिशतले घटेर ४ खर्ब ९४ अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ।

पूर्वाधार विकासका हिसाबले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं–तराई–मधेस द्रुतमार्ग र राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम प्रदेशका प्रमुख आयोजनाका रूपमा रहेका छन्। राष्ट्र बैंकको अध्ययनअनुसार यी आयोजनामध्ये हुलाकी राजमार्गको निर्माण कार्य तुलनात्मक रूपमा तीव्र गतिमा अघि बढेको छ।

यसैगरी, वैदेशिक रोजगारीमा जानेको सङ्ख्याका हिसाबले पनि मधेश प्रदेशको हिस्सा उल्लेख्य छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका १ लाख ७९ हजार ४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो देशभर श्रम स्वीकृति लिने कुल जनसङ्ख्याको २२.६० प्रतिशत हो।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?