National life

भाटभटेनी डेभलपर्स प्रालिको पक्षमा अन्तरिम आदेश,सञ्चालक गुरुङलाई मिल्यो ढाडस

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
706Shares
भाटभटेनी डेभलपर्स प्रालिको पक्षमा अन्तरिम आदेश,सञ्चालक गुरुङलाई मिल्यो ढाडस
ncell

काठमाडौँ । उच्च अदालत पाटनले ललिता निवासस्थित भाटभटेनी डेभलपर्स प्रालिको पक्षमा अन्तरिम आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा रहेको भाटभटेनीको संरचना तत्काल खाली नगराउन अन्तरिम आदेश दिएको हो।

व्यवसायी मीनबहादुर गुरुङ सञ्चालक रहेको ललिता निवासस्थित भाटभटेनी डेभलपर्स प्रालिको सुरक्षार्थ आदेश आएको हो। इजलासले मीनबहादुर र उनका नातेदार सरला घले गुरुङसमेतलाई तत्काललाई राहत मिल्ने गरी अन्तरिम आदेश दिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि विशेष अदालतको फैसलाअनुसार काठमाडौँ महानगरपालिकाले भाटभटेनीको संरचनासमेत खाली गराउने सूचना निकालेपछि निषेधाज्ञाको आदेश माग गर्दै रिट दर्ता भएको थियो।

मीनबहादुरको उक्त रिटमाथि सुनुवाइका क्रममा उच्च अदालतले तत्काललाई उनलाई राहत मिल्ने गरी आदेश दिएको छ।विशेष अदालतले सरकारी जग्गामा बनेको भनिएको भाटभटेनीको संरचनासमेत जफत हुने फैसला गरेको थियो। तर विशेष अदालतको उक्त फैसलाको पूर्ण पाठ अझैसम्म आइसकेको छैन।

यस मुद्दामा सर्वोच्च अदालतबाट अन्तिम फैसलाको प्रक्रिया अघि बढ्न प्रतिवादीहरूका लागि अझै अवसर छ। उता विशेषको फैसलाअनुसार मालपोत कार्यालयले व्यक्ति वा संस्थाको नाममा रहेको भनिएको भाटभटेनीको उक्त संरचनाको जग्गाको लागत कट्टा प्रक्रिया पनि अघि बढाएको छैन।

यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?