National life

मध्यपूर्व तनावको प्रभाव : पेट्रोल पम्पमा भीड, आपुर्तिमा कुनै समस्या नरहेको निगमको भनाई

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१७ फागुन २०८२, आइतबार
1.3kShares
मध्यपूर्व तनावको प्रभाव : पेट्रोल पम्पमा भीड, आपुर्तिमा कुनै समस्या नरहेको निगमको भनाई
ncell

काठमाडौं । मध्यपूर्व क्षेत्रमा हाल सृजना भएको युद्धजन्य तनावले विश्व ऊर्जा बजारमा अनिश्चितता बढिरहेका बेला नेपालमा समेत यसको मनोवैज्ञानिक असर देखिन थालेको छ। विशेषगरी अमेरीका,इजरेल र इरान बीच बढ्दो सैन्य टकरावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल आपूर्तिमा असर पर्न सक्ने आशंका बढेपछि काठमाडौं उपत्यकामा आइतबार पेट्रोल पम्पहरूमा अस्वाभाविक भीड देखिएको हो।

मध्यपूर्व विश्वको प्रमुख तेल उत्पादन क्षेत्र भएकाले त्यहाँ उत्पन्न हुने कुनै पनि युद्ध वा अस्थिरताले प्रत्यक्ष रूपमा इन्धन आपूर्ति प्रणालीमा प्रभाव पार्ने गर्दछ । पछिल्लो समय इरानमाथि भएको सैन्य आक्रमण तथा त्यसपछिको प्रतिआक्रमणले विश्व बजारमा तेलको मूल्य बढ्न सक्ने आशंका बढेपछि नेपालमा उपभोक्ताहरूबीच पेट्रोल अभाव हुने हो कि भन्ने त्रास फैलिएको देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आइतबार काठमाडौंका विभिन्न पेट्रोल पम्पहरूमा सवारीसाधनको लामो लाइन लागेको थियो । कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी पेट्रोल संकलन गर्न खोज्दा पम्प क्षेत्रमा भीडभाड बढेको व्यवसायीहरूले बताएका छन् ।

यद्यपि नेपालमा तत्काल इन्धन आपूर्तिमा कुनै समस्या नरहेको सम्बन्धित निकायले स्पष्ट पारेको छ । यस विषयमा नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले आर्थिक भ्वाइससँग कुरा गर्दै युद्धका कारण उपभोक्तामा मनोवैज्ञानिक दबाब सिर्जना भएको बताएका छन्।

उनले भने, “मध्यपूर्वमा विकसित घटनाक्रमका कारण पेट्रोलियम पदार्थको अभाव हुने हो कि भन्ने मानसिकता बनेको हुन सक्छ । तर नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा हाल कुनै समस्या छैन । पर्याप्त मौज्दात रहेकाले उपभोक्ताले आत्तिनुपर्ने अवस्था छैन ।”

प्रवक्ता ठाकुरका अनुसार नेपालले नियमित रूपमा इन्धन आयात गरिरहेकाले तत्काल आपूर्ति प्रणाली प्रभावित हुने अवस्था छैन। उनले पेट्रोल अत्यन्त प्रज्वलनशील पदार्थ भएकाले आवश्यकताभन्दा बढी भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह पनि गरेका छन्।

“पेट्रोल अति प्रज्वलनशील पदार्थ हो । अनावश्यक रूपमा घर वा निजी स्थानमा स्टक गर्नु जोखिमपूर्ण हुन्छ, त्यसैले आवश्यकता अनुसार मात्रै खरिद गर्न उपभोक्तालाई अनुरोध गर्दछौं।” प्रवक्ता ठाकुरले भने।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?