National life

पेट्रोलको भाउ घट्यो, प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ असार २०८०, सोमबार
1.4kShares
पेट्रोलको भाउ घट्यो, प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा
ncell

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमका अनुसार साविकको मूल्यमा पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ५० पैसा, डिजेलमा ६ रुपैयाँ र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ ।

इन्डियन आयल कर्पोरेसन लिमिटेडले १६ तारिखमा पठाएको नयाँ मूल्यसूचीका आधारमा सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको निगमले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

योसँगै प्रतिलिटर १७५ रुपैयाँमा बिक्री भइरहेको पेट्रोलको मूल्य १६७.५० रुपैयाँमा झरेको छ । यस्तै, डिजेल र मट्टीतेल समान १४७.५० पैसामा झरेको छ । घटेको मूल्य आज राति १२ बजेदेखि नै लागू हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?