National life

मलेसिया र कोरियासँग श्रम सम्झौता नवीकरणको प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
954Shares
मलेसिया र कोरियासँग श्रम सम्झौता नवीकरणको प्रस्ताव
ncell

काठमाडौँ । सरकारले दक्षिण कोरिया (ईपीएस) र मलेसियासँगको द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने भएको छ। दुवै देशलाई श्रम नवीकरण गर्ने ड्राफटसँगै पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियासँगको श्रम सम्झौतालाई अन्तिम रूप दिई परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकार समक्ष पत्राचार गरेपनि त्यहाँबाट जवाफ आउने बाँकी रहेको जानकारी दिएको छ ।

मलेसियासँग चार वर्ष र कोरियासँग दुई वर्षभित्र श्रम सम्झौता नवीकरण गर्ने व्यवस्था छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कोरियासँग श्रम सम्झौताको समय २०२० मा सकिएको थियो। भने मलेसियासँग २०७९ सालमा सकिएको थियो। दुवै देशमा कामदार भने गइरहेका छन्। मलेसिया कामदार म्यानपावर कम्पनीले पठाउँदै आएका छन्। कोरिया भने सरकारले नै कामदार पठाउँदै आएको छ।

कोरिया चालु आर्थिक वर्षको तीन महिनामा तीन हजारभन्दा बढी कामदार इपीएसमार्फत गएका छन्। भने मलेसिया चालु आर्थिक वर्षको तीन महिनामा ५० जना मात्र कामदार गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ।

यो समाचार शेयर गर्नुहोस्
954SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?