National life

भाषा परीक्षा उत्तीर्ण युवाको विरोध, कोरिया रोजगारी ढिलाइप्रति आक्रोश

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|११ जेठ २०८३, सोमबार
1.2kShares
भाषा परीक्षा उत्तीर्ण युवाको विरोध, कोरिया रोजगारी ढिलाइप्रति आक्रोश
ncell

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरे पनि लामो समयदेखि दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

सोमबार माइतिघर क्षेत्रमा भेला भएका उनीहरूले परीक्षा उत्तीर्ण गरेर रोस्टरमा नाम भए पनि रोजगारदाताको छनोटमा नपरेका कारण अवसरबाट वञ्चित हुनुपरेको गुनासो गरेका हुन्।

प्रदर्शनकारीहरूले रोस्टरमा नाम रहने अवधि हालको दुई वर्षबाट बढाउनुपर्ने माग गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, उत्तीर्ण भएका उम्मेदवारहरूको फाइल पुनः रोजगारदातासम्म पठाउने व्यवस्था गर्न पनि उनीहरूको माग छ।

उनीहरूले “सबै मापदण्ड पूरा गरे पनि कोरिया जान नपाउने प्रणाली खारेज गर” र “आश्वासन होइन, परिणाम चाहियो” जस्ता नारा लगाउँदै श्रम मन्त्रालयप्रति असन्तुष्टि व्यक्त गरेका थिए।








यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?