National life

माओवादीद्धारा सार्वजनिक लेखा समिति सभापतिको राजीनामा माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ पुस २०८१, बिहिबार
1.4kShares
माओवादीद्धारा सार्वजनिक लेखा समिति सभापतिको राजीनामा माग
ncell

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।

पोखरेल समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलले उनको् राजीनामा माग गरेको हो । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज पत्रकार सम्मेलन गर्दै नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानका लागि सहजीकरण गर्न आग्रह समेत गरेका छन् ।

उनले सहकारी ठगीमा दोषी देखिएकालाई कारवाही गर्नुपर्ने माग पनि राखेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । यो मुद्दामा अञ्जलासहित २५ जना फरार छन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?