National life

मुक्तिनाथ क्यापिटल र गुरु ट्राभल्सबीच व्यावसायिक सम्झौता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ भदौ २०८०, मङ्गलबार
651Shares
मुक्तिनाथ क्यापिटल र गुरु ट्राभल्सबीच व्यावसायिक सम्झौता
ncell

काठमाडौं । मुक्तिनाथ क्यापिटल र गुरु ट्राभल्सबीच व्यावसायिक सम्झौता भएकाे छ । नेपाली पुँजीबजारकै अग्रेणी मर्चेन्ट बैंकिङ कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेड तथा नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडबीच व्यावसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर भएको हाे ।

मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशी तथा गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सहमतिपत्रमा हस्ताक्षर गरे ।

सहमतिपत्रमा उल्लेख भएबमोजिम मुक्तिनाथ क्यापिटल लिमिटेडले गुरु ट्राभल्सका सेवाग्राहीका लागि डिम्याट खाता सञ्चालन र लगानी व्यवस्थापनसेवालगायतका आफ्ना सेवाहरुमा विषेश छुट प्रदान गर्ने तथा गुरु ट्राभल्सले क्यापिटलका हितग्राही खातावालाहरु तथा लगानी व्यवस्थापन सेवा लिने ग्राहकलाई ट्राभल्स सेवाअन्तर्गत युरोप, एसिया तथा अन्य गन्तव्यका प्याकेजहरुमा विशेष छुट तथा सुविधाहरु प्रदान गर्ने सहमति भएको जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

व्यावसायिक सहकार्यका अतिरिक्त सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ।

समारोहमा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत जोशीले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत धरेलले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा रहेकाे पनि उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
651SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?