National life

युनाइटेड मोदी हाइड्रो र पाँचथर पावरको वार्षिक साधारण सभा आज बस्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
749Shares
युनाइटेड मोदी हाइड्रो र पाँचथर पावरको वार्षिक साधारण सभा आज बस्दै
ncell

काठमाडौं । आज जेठ २७ गते आइतबारका दिन २ कम्पनीको वार्षिक साधारण सभा बस्ने भएको छ। यसदिन युनाइटेड मोदी हाइड्रोपावर र पाँचथर पावरले साधारण सभा बोलाएका हुन्।

दुवै कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छैनन्। युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा कालीमाटी ब्यांकेटमा बिहना ११ बजेदेखि सुरु हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि चैत २९ गते डाकेको सभामा गणपुरक संख्या ९कोरम० नपुगेपछि स्थगित भएको थियो ।

सभामा यस कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवाखोला हाईड्रोपावरद्वारा प्रवध्रित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव रहेको छ ।

हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ । यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ ।तसर्थ, चैत ६ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।

पाँचथर पावरको वार्षिक साधारण सभा होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले एक्सेल इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई गाभ्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
749SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?