National life

युनाइटेड मोदी हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०३ वैशाख २०८३, बिहिबार
1.4kShares
युनाइटेड मोदी हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ncell

काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि वैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको जनाएको छ।

यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहने सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर (कर बाहेक) दिने प्रस्ताव गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, कर तिर्नका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरिएको छ।

उक्त लाभांश प्रस्ताव वैशाख २७ गते काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्ने साधारण सभाबाट अनुमोदन गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?