काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी बढुवा भएका छन्।
आइतबार बसेको सञ्चालक समितिको निर्णय अनुसार उप कार्यकारी अधिकृत लोहनीलाई बैङ्कको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो ।
२०५१ सालमा कम्प्युटर प्रोग्रामर ९तह ७० को रूपमा बैङ्क सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरू पूरा गरेका छन् ।

































