National life

लाभांश घोषणा गरेको चिलिमे जलविद्युत कम्पनीको साधारण सभा कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
675Shares
लाभांश घोषणा गरेको चिलिमे जलविद्युत कम्पनीको साधारण सभा कहिले ?
ncell

काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७९–८० बाट सेयर धनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मङ्सिर २२ गते शुक्रवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार २७६ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार २०४ रुपैयाँ पुग्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सञ्चालक समितिको बैठकबाट प्रस्तावित कम्पनीको लाभांश साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले लाभांश वितरणका लागि पुस २० गते साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते आइतबार एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
675SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?