National life

चिलिमे जलविद्युत कम्पनीद्वारा लाभांश घोषणा, नगद लाभांश कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
595Shares
चिलिमे जलविद्युत कम्पनीद्वारा लाभांश घोषणा, नगद लाभांश कति ?
ncell

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव हो ।

कम्पनीको चुक्तापूँजी ७ अर्ब २५ करोड ८१ लाख छ । प्रस्तावित लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले आगामी पुस २० गते साधारणसभा बोलाएको छ । यसैगरी, कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश दिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?