काठमाडौं । वचन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारण सभा एक कार्यक्रका बीच काठमाडौंमा सम्पन्न गरेको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्ययतामा गत शनिवार नेपाल सांस्कृतिक संघको सभाहलमा सहकारीले आफ्नो १५ औँ साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा बिशेष अथितीको रुपमा काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दलबहादुर कार्की ,सहायक प्राध्यापक एवम् संस्थाका सल्लाहकार लक्ष्मण मोहनध्वज जोशी उपस्थित थिए ।

साथै उक्त सभामा वचन सहकारीका प्रमुख कार्यकारी अधिकृत डा. देश मर्दन बस्न्यात, सहकारीका वर्तमान अध्यक्ष तथा १५औँ साधरणसभाको सभापति मुकुन्द राज खनाल,राष्ट्रिय सहकारी बैंक लिमिटेड कमलादी शाखा प्रमुख प्रमीला अर्याल बस्नेत,समुदायका विभिन्न प्रमुख व्यक्तिहरू,सहकारीका सदस्यहरू र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
उक्त सभामा सहकारीका अध्यक्ष खनालले २०८०–८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका प्रमुख उपलब्धिहरू र गत वर्षका गतिविधिहरूको चर्चा गरेका थिए । यस्तै वित्तीय समितिका संयोजक बिमल भेटवालले सहकारीको वित्तीय विवरण बारे जानकारी दिएका थिए ।
कार्यक्रममा संस्थालाई महत्वपुर्ण योगदान पुर्याएको जेष्ठ नागरिकहरु सूर्य पुतुवार, रेनुका बस्नेत, विष्णु माया अर्याल, माईली सापकोटा, मन बस्नेत, सीता घिमिरे, प्रचण्डमान मल्ल, विष्णुराज घिमिरे र जमुना मानन्धर लगायतलाई प्रमुख अतिथि उद्धव सापकोटाद्वारा खादा, माला लगाएर सम्मान गरिएको थियो ।

यसका साथै प्रतिमा अर्याल, मिनु पाठक बस्नेत, भीम देवी गजुरेल, जनार्दन केसी, कृष्णा देवी जोशी, सुन्दर मान श्रेष्ठ, नविन कार्की, बिर बहादुर वाइबा,सबिता खड्का, कान्छी लामा लगायतका सदस्यहरूलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा वित्तीय वर्ष २०८०/८१ को उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीका रुपमा कालुमान तामाङलाई नगद रु पाचँ हजार सहित खादामाला लगाएर सम्मान गरिएको थियो ।
यस्तै कार्यक्रममा वचन सहकारीले प्रदान गर्दै आएको अर्वाड ‘वचन कोओपरेटिभ फेलोसिप अर्वाड ’ यस बर्ष निता डङ्गोलले प्राक्त गर्न सफल हुनु भएको छ। साथै उक्त साधारण सभामा सहकारीले आफ्ना सदस्यहरूको कल्याणमा जोड दिँदै सदस्य राहत कोष वितरण पनि गरेको थियो ।
सभामा मञ्जुश्री स्कूलका विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा परम्परागत प्रदर्शन प्रस्तुत गरेका थिए।साथै,सहकारीका सेयर सदस्य लेख बहादुर गुरुङले सुन्दर गायन प्रस्तुत गरेका थिए ।





































