काठमाडौं। नेपाल वायुसेवा निगमले २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएर उड्न छुटेका यात्रुहरुलाई टिकट साट्दा शुल्क नलिने निर्णय गरेको छ ।
आइतबार एक विज्ञप्ती जारी गर्दै अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरु छुट्न गएका यात्रुहरुले ११ अक्टोबर २०२४ सम्म यात्रा गर्न चाहेमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी दिएको छ।
निगमले त्यस्ता यात्रुहरुलाई यथाशिघ्र कार्यालयमा सम्पर्क गरि सो सेवा लिन अनुरोधसमेत गरेको छ।


































