National life

वीरगञ्ज महानगरद्वारा तीन महिनामा रु १६ करोड २६ लाख राजस्व सङ्कलन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ कात्तिक २०८०, शुक्रबार
701Shares
वीरगञ्ज महानगरद्वारा तीन महिनामा रु १६ करोड २६ लाख राजस्व सङ्कलन
ncell

वीरगञ्ज । मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा रु १६ करोड २६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा विभिन्न २१ शीर्षकमा रु १६ करोड २६ लाख ३६ हजार चार सय ३७ राजस्व सङ्कलन गरिएको हो ।

महानगरपालिकाको राजस्व शाखाका अनुसार चालु आर्थिक बर्षको साउनदेखि असोजसम्ममा सम्पत्ति करबाट रु सात करोड ४३ लाख ८२ हजार ४७, घरबहाल करबाट रु एक करोड ७२ लाख २४ हजार एक सय १७, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु एक करोड आठ लाख २६ हजार दुई सय ३०, सरकारी सम्पत्ति बहालबाट रु एक करोड २७ लाख ९६ लाख दुई सय चार, अन्य सेवा शुल्कबाट रु एक करोड २७ लाख सात हजार दुई सय ७८, नक्सा पास दस्तुरबाट रु एक करोड चार लाख ४४ हजार छ सय १२, अखेटोपहारमा लाग्ने करबाट रु ६१ लाख राजस्व सङ्कलन भएको छ ।

यस्तै सिफारिस दस्तुरबाट रु ७२ लाख २६ हजार पाँच सय ४१, साना सवारी साधन करबाट रु १० लाख ९९ हजार तीन सय ५०, भूमिकर÷मालपोतबाट रु ३८ लाख ३२ हजार चार सय ७८, बहाल बिटौरी करबाट रु आठ लाख १२ हजार र प्रशासनिक दण्ड जरिवानाबापत रु २३ लाख २३ हजार ८३ राजस्व सङ्कलन भएको राजस्व शाखाप्रमुख मनोजकुमार कर्णले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी व्यक्तिगत घटना दर्ताबाट रु नौ लाख ३८ हजार तीन सय छ, नाता प्रमाणित दस्तुरबाट रु सात लाख ७४ हजार सात सय ८०, सिफारिस दस्तुरबाट रु ७२ लाख २६ हजार पाँच सय ४१ राजस्व सङ्कलन भएको राजस्व शाखाप्रमुख कर्णले बताए।

गत आर्थिक वर्ष २०७९÷८० को तीन महिनाको तुलनामा करिब रु तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएको हो । महानगरपालिकाले गत आर्थिक वर्षको साउनदेखि असोजसम्म विभिन्न शीर्षकमा रु १३ करोड ४४ लाख एक सय ८१ राजस्व सङ्कलन गरेको थियो ।

आर्थिक वर्ष २०७८÷७९ सम्म घरजग्गा रजिष्ट्रेसन शुल्क महानगरपालिकाले उठाउँदै आएकामा गत आर्थिक वर्षबाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहको सरकारमा राजस्व सङ्कलन हुन थालेको छ ।

चालु आर्थिक वर्षमा महानगरपालिकाले सम्पत्ति करको दर घटाए पनि दायरा बढेको, लामो समयपछि जग्गाको कित्ताकाट खुल्ला गरिएको नक्सापास र जग्गा कारोबार सुरु भएकाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व सङ्कलन बढेको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए । रासस

यो समाचार शेयर गर्नुहोस्
701SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?