National life

वैदेशिक रोजगार बचतपत्रः ५० करोडमध्येमा ११ प्रतिशत मात्रै बिक्री

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ पुस २०८१, मङ्गलबार
638Shares
वैदेशिक रोजगार बचतपत्रः ५० करोडमध्येमा ११ प्रतिशत मात्रै बिक्री
ncell

काठमाडौँ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचत पत्र–२०८६ (क)’ को बिक्री न्यून देखिएको छ।

गत मंसिर १२ गते जारी भएको ५० करोड बराबरको बचत पत्र गत आइतबार १४ गते बिक्री बन्द भएको हो। यो बचत पत्र करिब ११ प्रतिशत मात्रै बिक्री भएको कार्यालयले उल्लेख गरेको छ।

कार्यालयका अनुसार वैदेशिक रोजगार बचत पत्र ५ करोड ४२ लाख बराबरको बिक्री भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यालयले जारी गरेको २ अर्ब बराबरको ‘नागरिक बचत पत्र–२०८६ (क) भने शतप्रतिशत बिक्री भएको छ।

नागरिक बचत पत्रमा साढे सात र वैदेशिक रोजगार बचत पत्रमा साढे आठ प्रतिशत ब्याज तोकिएको छ। प्रत्येक ६ महिनामा बचत पत्रको ब्याज सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुने व्यवस्था छ ।

लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजी बजार, र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन्। लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचत पत्र’ को चर्चा न्यून हुने गरेको छ।

बचत पत्र लगानीका लागि उत्कृष्ट विकल्प हो। तर, यसको प्रचार–प्रसारको अभाव, प्रक्रियागत जटिलताका कारण दोस्रो बजारको सीमित जानकारीका कारण यो उपकरणप्रति लगानीकर्ता आकर्षित हुन सकेको देखिएको छैन ।

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?