काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ८० अर्ब रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको रिपोर्ट अनुसार जेठ मसान्तसम्म कूल १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । यद्यपि यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.०१ प्रतिशतले कमी हो । अघिल्लो वर्षको जेठ मसान्तसम्म कूल १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियोे । ठूलो परिणाममा आयात बढ्दैगर्दा वैदेशिक व्यापार घाटा नै वार्षिक बजेटको आकार भन्दा पनि ठूलो बनेपछि सरकारले आयात नियन्त्रण गर्ने नीति लिएको थियो । तर, ११ महिनाको आयातको तथ्यांक हेर्दा सरकारको यातायात नियन्त्रण नीतिले समेत काम नगरेको देखिन्छ । यसै अवधिमा यता निर्याततर्फ २२.७४ प्रतिशतले घट्दै कूल १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष नेपालबाट १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । समीक्षा अवधिमा वैदेशिक व्यापार्फ १३ खर्ब ३७ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ घाटा लागेको छ ।
वैदेशिक व्यापार घाटा १३ खर्ब ३७ अर्ब नाघ्यो

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
प्रतिक्रिया
सम्बन्धित लेख

अधिकांश विकसित अर्थतन्त्रमा भन्सार बिन्दुमै मूल्य तोक्ने अभ्यास देखिदैन,संवादबाट निकास खोज्न विज्ञको सुझाव

भन्सारको गोदाममै सड्यो १८०० बोरा चिनी

रसुवा भन्सार कार्यालयलाई पुनः भन्सार जाँचपास गर्न निर्देशन

चार महिनामा वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्यो, व्यापार घाटा करीब ३० प्रतिशतले वृद्धि

तीन महिनामै ६ खर्बको आयात, व्यापार घाटा साढे ५ खर्ब नजिक

आयात र निर्यात दुवै बढे, तर व्यापार घाटा १४ खर्ब नाघ्यो
विशेष समाचार

भारतसँगका समझदारी कार्यान्वयनमा आशंका, बालेन सरकारलाई अर्थविद्को सुझाव

सुनको मूल्य २ लाखसम्म आउन सक्ने, यस्तो छ पूर्वअध्यक्ष शाक्यको विश्लेषण
सुनको मूल्य किन घटिरहेको छ? अझै कति तल झर्ला? बजार विश्लेषण
नेपालमै बन्छन् विश्वस्तरीय सफ्टवेयर, तर नेपाली बजारमै छैन पर्याप्त प्रयोग!

सुनको मूल्यमा किन आइरहेको छ लगातार पहिरो? अझै कति घट्ला?
























