National life

व्यवसायीले सीधै वाणिज्य बैंकहरुबाट सुन खरिद गर्न पाउने बाटो खुला 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ मंसिर २०८१, बुधबार
1.2kShares
व्यवसायीले सीधै वाणिज्य बैंकहरुबाट सुन खरिद गर्न पाउने बाटो खुला 
ncell

काठमाडौँ । अब सुनचाँदी व्यवसायीहरूले वाणिज्य बैंकहरुबाट सीधै सुन खरिद गर्न पाउने बाटो खुलेको छ । सर्वोच्च अदालतले अर्को आदेश नआएसम्मका लागि सुनचाँदीको कारोबार गर्ने व्यवसायीले सीधै बैंकहरुबाट खरिद गर्न पाउने निर्णय सुनाएको हो।

न्यूरोडमा रहेको रिद्धि सिद्धि ज्वेलर्सले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले सुन–चाँदीको कारोबार गर्ने संघ संस्थामा आबद्ध नभए पनि व्यवसायीले सीधै वाणिज्य बैंकहरुबाट सुन खरिद गर्न पाउने गरी अन्तरिम आदेश गरेको हो ।

मंसिर ७ गते सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको इजलासले राष्ट्र बैंकले जारी गरेको नियम पूरा भएको खण्डमा महासंघबाट खरिद नगरी सीधै वाणिज्य बैंकहरुबाट सुन खरिद गर्न सक्ने आदेश दिएको हो

यसअघि व्यवसायीहरूले सुनचाँदी व्यवसायी महासंघबाट तोकिएको कोटा अनुरूप व्यवसायीका विभिन्न संघ र महासंघ मार्फत सुन खरिद गर्दै आएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि विदेशबाट वाणिज्य बैंकले दैनिक २० किलो सुन खरिद गरेर सुनचाँदी व्यवसायीका विभिन्न संघ र महासंघले खरिद गरेपछि मात्र व्यापारीहरूलाई दिने गरिदै आएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?