National life

सुन आयातमा लगाइएको भन्सार दर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीको प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ असार २०८१, बुधबार
764Shares
सुन आयातमा लगाइएको भन्सार दर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीको प्रदर्शन
ncell

काठमाडौँ। सरकारले सुन आयातमा लगाइएको भन्सार दर फिर्ताको माग गर्दै काठमाडौँको स्थित न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकको कदमको विरोध गरेका छन् ।

राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा व्यवसायीहरुले सुनचाँदी पसल नै बन्द गरेर विरोधमा उत्रिएका छन् र व्यवसायीहरूले न्यूरोड गेटदेखि ब्यानर र प्लेकार्डसहित सिट्ठी र नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस पटकको बजेट भाषणमा पनि सरकारले सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍याएपछि अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीहरूको दाबी छ ।

अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम ९केजी० सम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी नयाँ व्यवस्था गरेको थियो यसमा पनि भन्सार महँगो परेको व्यापारीको भनाई छ ।

भन्सार तिरेर सुन ल्याउँदा धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै व्यवसायीले सो निर्णय फिर्ता लिन माग गरेका छन् । आफूहरुको मागको सम्बोधन नभएको खण्डमा जस्तोसुकै अवस्था सृजना गर्न आफूहरु तयार रहेको व्यवसायीको भनाइ छ ।

सुन २०२४ को सुरुदेखि नै उत्कृष्ट बढोत्तरी हासिल गर्ने सम्पत्तिको रूपमा स्थापित भएको छ । पछिल्ला महिनाहरुमा धेरै कारणले पहेँलो धातुको भाउ बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
764SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?