National life

शाइन रेसुङ्गाले ल्यायाे ‘शाइन घडेरी कर्जा’, घडेरी किन्न एक करोडसम्म कर्जा दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०४ असोज २०८०, बिहिबार
782Shares
शाइन रेसुङ्गाले ल्यायाे ‘शाइन घडेरी कर्जा’, घडेरी किन्न एक करोडसम्म कर्जा दिने
ncell

बुटवल । हरेक व्यक्तिको एउटा सपना हुन्छ आफनै स्वामित्वको सुन्दर घर होस् । तर, घर बनाउन घडेरी हुनुपर्यो, जुन सबैको नहुन सक्छ । यसलाई मध्यनजर गरेर शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना बुनेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ ।

असोज १ गते लन्च भएको यो कर्जा योजनामा बैंकले एक जनालाई अधिकत्तम एक करोडसम्म कर्जा दिने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो कर्जा २० वर्षे अवधिको हो । यो कर्जाको ब्याजदर बेस रेटमा २ प्रतिशत रिस्क प्रिमियम जोडेर लिइने बैंकले जनाएको छ । कर्जा चुक्ता नहुन्जेलसम्म रिस्क प्रिमियममा कुनै परिवर्तन हुने छैन । खरिद गरेको घडेरीमा घर निर्माण गर्दा बैंकले थप कर्जा उपलब्ध गराउनेछ र उक्त थप कर्जाको रिस्क प्रिमियम समेत २ प्रतिशतमात्र हुनेछ ।

सरकारी र गैरसरकारी कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली,उद्योगी, व्यवसायी र नियमित आम्दानी भएका कुनै पनी पेशासंग सम्बन्धित व्यक्तिहरुलाई लक्षित गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएको बैंकका कर्जा प्रमुख किरण नेपालले बताए ।

यो कर्जा प्राप्त गर्न थप अचल सम्पति धितो नचाहिने र कर्जा प्राप्तिपछि किनेको घडेरी नै धितो राख्न मिल्ने नेपालले बताए । ‘धेरैजसो बैंकहरुले घर कर्जामामात्र फोकस गरेको सन्दर्भमा हामीले घर बनाउन आफ्नो घडेरी हुनुपर्ने पहिलो शर्तलाई मध्यनजर गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएका हौं,’ कर्जा प्रमुख नेपालले भने- ‘नेपाल सरकारले समेत जग्गाको कित्ताकाट खुला गरेको अवस्थामा यो कर्जा योजनाले धेरै नेपालीले घडेरी किन्न सक्ने र यसले अर्थतन्त्रलाई थप चलायमान बनाउन कोशेढुंगा सावित हुने विश्वास बैंकले लिएको छ।’

२०६५ साल फागुन ११ गते स्थापना भएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रिय कार्यालय रहेको एकमात्र राष्ट्रियस्तरको विकास बैंक बनेको हो । बैंकको पांच वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेण्ट बैंकको उपाधि जितेको थियो भने हालसालै इमर्जिङ एशिया डेभलपमेण्ट बैंकको उपाधि जितेको छ।

यो समाचार शेयर गर्नुहोस्
782SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?