National life

शिखर इन्सुरेन्सद्वारा बाढी पहिरोमा भएको क्षतिको ६० प्रतिशत बीमा दाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ कात्तिक २०८१, बुधबार
575Shares
शिखर इन्सुरेन्सद्वारा बाढी पहिरोमा भएको क्षतिको ६० प्रतिशत बीमा दाबी भुक्तानी
ncell

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आश्विन ११ गते देखि तीन दिन सम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले देशका विभिन्न स्थानमा भएको ठुलो धनजनको क्षतिको दाबी भुक्तानी गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुबाट प्राप्त भएका बीमा दाबीहरूमध्येबाट अहिलेसम्म ६० प्रतिशत बीमा दाबी सङ्ख्याको बीमा दाबी भुक्तानी गरिसकेको जानकारी दिएको छ ।

साथै, क्षति यकिन गरी दाबी रकम निक्यौल गर्नका लागि केही दाबीहरूमा बीमितबाट आवश्यक कागजात उपलब्ध नभएका कारण दाबी भुक्तानी ढिला हुन गएको वा भुक्तानी हुन नसकेकोले आवश्यक कागजात उपलब्ध गराई दाबी रकम लिन हुन सम्पूर्ण बीमितहरुमा जानकारी गराएको छ ।

त्यस्तै, कम्पनीबाट नियुक्त भएका सर्भेवरहरूलाई समेत यथाशक्य चाँडो सर्भे प्रतिवेदन पेश गरी सहज तथा शीघ्र दाबी व्यवस्थापनका लागि सहयोग गर्न इन्सुरेन्स कम्पनीले आग्रह गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दाबी प्रक्रिया सम्बन्धी थप सहयोग तथा आवश्यक परेको खण्डमा कम्पनीको सम्बन्धित प्रतिनिधि वा निम्न नम्बरमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ । ९८०२३२०८२०, ९८०२३३६४६५, ९८०११५०४४६, ९८४९६७०२६२

यो समाचार शेयर गर्नुहोस्
575SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?