National life

शिवम् सिमेन्ट्सको नाफामा सुधार, कुल खर्चमा २२.८५ % ले गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ कात्तिक २०८१, बिहिबार
1.4kShares
शिवम् सिमेन्ट्सको नाफामा सुधार, कुल खर्चमा २२.८५ % ले गिरावट
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा शिवम् सिमेन्ट्स लिमिटेडले १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा भने कम्पनीले नोक्सानी बेहोरेको थियो ।  गत आर्थिक वर्ष कम्पनी ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आम्दानी घटे पनि अन्य आम्दानी बढेको र खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफामा ३९.२१ प्रतिशत कमी आएको छ भने अन्य आम्दानी ३९७.६४ प्रतिशत बढेको हो। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा २२.८५ प्रतिशत घटेको छ।

५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४८ करोड ८० लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २८ पैसा कायम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?