National life

सगरमाथा क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ फागुन २०८०, शनिबार
580Shares
सगरमाथा क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु
ncell

सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलायती नागरिक ४२ वर्षीया एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षीय वइनश्व डोङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका बेलायती नागरिक डायरोको सोही स्थानमा मृत्यु भएको हो। गत माघ २४ गते नमस्ते ट्रेकिङ कम्पनीमार्फत सगरमाथा क्षेत्र भ्रमणमा आएका उनी लुक्लाबाट सगरमाथा आधार शिविर जाने क्रममा गोरक्क्षेपस्थित हिमालयन लजमा बास बसेका थिए। सोही दिन साँझ ५ बजेतिर होटलमै बेहोस भई ढलेका एलिजाबेथको केही समयपछि सोही स्थानमा ज्यान गएको प्रहरी निरीक्षक मिश्रले जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘माघ २४ गते विदेशी नागरिक लुक्लामा जहाजमार्फत् ओर्लिएर त्यहाँबाट एभरेष्ट बेसक्याम्प जाने क्रममा गोरक्क्षेपको होटलमा बास बसेका रहेछन्, त्यही बेहोस भएर ढलेका उनको केही समयपछि नै मृत्यु भयो।’

साथै, चिनियाँ नागरिक डोङ रेन्जोला पास गरेर फर्किने क्रममा गत मङ्गलबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा बाटोमा अचेत अवस्थामा भेटिएका उनको उद्धार गर्ने क्रममा मृत्यु भएको हो।

दुवै जनाको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।रासस

 

 

यो समाचार शेयर गर्नुहोस्
580SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?