National life

सन सेक्युरिटिजमार्फत हुने शेयर कारोबारको भुक्तानी इसेवाबाट गर्न सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२८ असोज २०८०, आइतबार
698Shares
सन सेक्युरिटिजमार्फत हुने शेयर कारोबारको भुक्तानी इसेवाबाट गर्न सकिने
ncell

काठमाडाैं । भुक्तानी सेवा प्रदायक ई- सेवाबाट सन सेक्युरिटिज प्राइभेट लिमिटेडमार्फत् हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।

यसका साथै सन सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि ई-सेवा मार्फत् गर्न सकिने छ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हालै ई-सेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) का कार्यकारी अध्यक्ष कृष्ण गिरि तथा ट्रेडिङ्ग अफिसर बिशाल रिजालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताले लगानीकर्ताहरुलाई सन सेक्युरिटिजबाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल ई-सेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोबाइलमार्फत् करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् ।

ई-सेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल/ कलेजको शुल्क, सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २ हजार ५०० वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
698SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?