काठमाडौं । सन् २०२४ मा मङ्गोलियाको कुल गार्हस्थ्य उत्पादन 'जीडीपी' ४.१ प्रतिशतले बढ्ने अनुमान गरेको छ।
एसियाली विकास बैंक (एडीबी) ले प्रस्तुत गरेको एक जानकारी अनुसार मङ्गोलियाको जीडीपी सन् २०२३ मा सात प्रतिशतले वृद्धि भएको थियो ।
एजेन्सीका अनुसार सन् २०२४ मा खानी र उच्च सरकारी लगानीका कारण आर्थिक वृद्धिमा केही टेवा पुग्ने अनुमान गरिएको छ ।
प्रतिवेदनमा,बैंकले सन् २०२५ मा मङ्गोलियाको जीडीपी वृद्धि छ प्रतिशतमा पुग्ने अनुमान गरेको छ। जुन कृषि क्षेत्रको सुधार,खानी विस्तार र सेवाहरूको वृद्धिबाट सम्भव हुने आकलन गरिएको छ ।
सन् २०२३ मा मङ्गोलियाली अर्थतन्त्र बलियो देखिएको बताउँदै यही प्रवृत्ति जारी रहने मङ्गोलियाका लागि एडीबीका निर्देशक श्यानन काउलिनले बताएका छन् ।
“यस वर्ष, मौसम–सृजित प्रकोपबाट आर्थिक वृद्धि प्रभावित भई कृषि क्षेत्रमा उल्लेखनीय असर पारेको छ । अप्रिलको सुरुसम्ममा ६० लाखभन्दा बढी गाईवस्तु मरेका छन् उनले भने भने यो सङ्ख्या बढ्ने क्रममा रहेको छ ।' एजेन्सीको सहयोगमा

































