काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउनका लागि कार्यदल गठन हुने भएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
जसको संयोजकत्व मा राष्ट्रिय समन्वय समितिका संयोजकले गर्ने रहनेछन् । भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव, महान्यायधिवक्ता कार्यालयका नायव महान्यायधिवक्ता, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सहसचिव, सम्पत्ति शुद्धीकरणअनुसन्धान विभागका महानिर्देशक र वित्तीय जानकारी इकाइका प्रमुख समिति सदस्यको रुपमा रहनेछन् ।
यस्तै नेपाल राष्ट्र बैंकका निर्देशक कार्यदलको सदस्य सचिव रहनेछन् ।
कार्यदलले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी संलग्न निकायहरुबीच आवश्यक समन्वय पनि गर्ने बताइएको छ ।


































