National life
cg eloctronics

सर्वसाधारणको लागि एचआईडीसीएलको १ करोड ६८ लाख कित्ता सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ साउन २०८१, मङ्गलबार
760Shares
सर्वसाधारणको लागि एचआईडीसीएलको १ करोड ६८ लाख कित्ता सेयर बिक्रीमा
muktinatha bikash bank

काठमाडौं । हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले अवितरित हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक समूहमा पर्ने अवितरित १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा घटीमा १०० कित्ता र बढीमा सबै कित्ता सेयरका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ । बोलपत्र फाराम साउन २९ गतेदेखि भदौ ६ गते कार्यालय समयभित्र पेस गरिसक्नुपर्ने कम्पनीले जनाएको छ ।

सेयर खरिदका लागि बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरू शंखमूल नयाँबानेश्वर, बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा बुझाउन सकिनेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
760SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?