काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिको १५ दिन म्याद थप भएको छ।
आज ९मंगलबार० बसेको प्रतिनिधि सभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले १५ दिन म्याद थपको प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
पहिलो चरणमा जेठ १५ मा गठन भएको उक्त संसदीय समितिको अवधि ३ महिनाका लागि तोकिएको थियो।
पहिलो बैठक बसेको मितिले ३ महिना कायम हुने उक्त समयावधि यही भदौ २२ गते सकिँदै छ।
मंगलबारको बैठकमा समिति सभापति थापाले समितिले सार्वजनिक बिदाको दिन, कार्यालय समयबाहेक बिहान, बेलुका र मध्यरातसम्म काम गरिरहेको जानकारी गराउँदै प्रतिनिधि सभा बैठक प्रतिवेदन लेखनको काम भइरहेको कारण १५ दिनको समय थपको माग गरेका हुन् ।


































