काठमाडौँ। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको घाटामा सुधार आएको छ।
सार्वजनिक विवरण अनुसार कम्पनी घाटामा ८१.७७ ले सुधार आएको छ ।
कम्पनी यो अवधिसम्म ३४ करोड ३० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७९.०८ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब ६३ करोड रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले १ लाख ४७ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ ।
कम्पनीको बिक्री तथा वितरण खर्च ४३ लाख ७० हजार रुपैयाँ,ह्रास कट्टी खर्च २ करोड ५ लाख र प्रशासनिक खर्च २ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन मुनाफा २ करोड ८२ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको रिजर्भको आकार २० करोड ५४ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीले सेक्युरिटी प्रिमियममा १ अर्ब ६५ करोड रुपैयाँ सञ्चित गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.१३ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १६०.४५,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४००.२५ रुपैयाँ कायम भएको छ ।


































