National life

स्थानीय तहमा बैंकिङ पहुँच पुग्यो भनेर रमाउन सकिने अवस्था छैन् : मन्त्री भण्डारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ पुस २०८१, शुक्रबार
1.8kShares
स्थानीय तहमा बैंकिङ पहुँच पुग्यो भनेर रमाउन सकिने अवस्था छैन् : मन्त्री भण्डारी
ncell

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा ७५३ स्थानीय तहमा बैंकिङ पहुँचमा पुग्यो भनेर तथ्याङ्कमा मात्रै रमाउन नहुने बताएका छन् ।

आज बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभामा बोल्दै उनले बैंक तथा वित्तीय सेवा ग्रामीण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताएका हुन् । मन्त्री भण्डारीले पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगे पनि बैंकहरुले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरे ।

उनले बैंकहरुले स्थानीय तहमा गरेको कामको परिणाम राम्रो नभएको गुनासो गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उद्योगेमन्त्री भण्डारीले स्थानीय तहका बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक अन्य सम्भावना भएको क्षेत्रमा काम गर्न नसकेको बताए । सरकारको निर्देशन अनुरुप स्थानीय तहमा बैंकहरु पुगेपनि आयोजनाको बजेट भुक्तानी, सामाजिक सुरक्षा भत्ता, शिक्षक, स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलब भत्ता बाँडेर मात्रै बैंकिङ पहुँच सुदृढ नहुने तिनको भनाई छ ।

मन्त्री भण्डारीले वित्तीय क्षेत्रमा अहिलेसम्म भएको उपलब्धि प्रमुख राजनीतिक दलहरूको रहेको उल्लेख गरे । उनले सरकारसँग निजी क्षेत्र, बैंकर्स र उद्योगी व्यवसायीहरूले खोजेको नीतिगत सुधारको अपेक्षा देखिएको बताए । उनले विगतमा बनाएका विद्यमान नीतिहरू अहिले बाधक भएकाले सुधारको आवश्यकता सरकारले महसुस गरिरहेको उल्लेख गरे ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?