National life

हाथवे इन्भेष्टमेन्टको आम्दानीमा ८९ प्रतिशतले वृद्धि, प्रतिसेयर नेटवर्थ ७७.६२ पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
776Shares
हाथवे इन्भेष्टमेन्टको आम्दानीमा ८९ प्रतिशतले वृद्धि, प्रतिसेयर नेटवर्थ ७७.६२ पुग्यो
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले ७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड २२ लाख रुपैयाँ घाटामा रहेको थियो ।

कम्पनीले उक्त समयावधिमा २३ करोड ४३ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा ८९.२० प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको कुल खर्चमा भने गिरावट आएको छ ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म ११ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर १० करोड ४४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिसम्म ८ करोड रुपैयाँ लगानी गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस० ३.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७७.६२,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९३.७८ रुपैयाँ कायम भएको छ । कम्पनीको रिटेन्ड अर्निङ २६ करोड ७१ लाख रुपैयाँबाट बढेर ३६ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
776SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?