National life

हिमाल आरोहणका लागि १ महिनामा १७१ जनाले लिए अनुमति, सगरमाथा पहिलो स्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ चैत २०८०, बिहिबार
724Shares
हिमाल आरोहणका लागि १ महिनामा १७१ जनाले लिए अनुमति, सगरमाथा पहिलो स्थानमा
ncell

काठमाडौ। पछिल्लो समय नेपालका हिमाल आरोहणका लागि अनुमति लिने पर्यटकको संख्या दिनप्रतिदिन बढ्न थालेको पर्यटन विभागले जनाएको छ।

विभागले दिएको जानकारी अनुसार मार्च १ देखि अप्रिल १ सम्म हिमाल आरोहणका लागि १७१ जनाले अनुमति लिएका छन्। अनुमति लिनेमध्ये सबैभन्दा धेरै सगरमाथा उक्लिन चाहने रहेको विभागले बताएको छ। सगरमाथा आरोहणका लागि १ महिनामा ८६जना जनाले अनुमति लिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसमध्येमा ७० जना पुरुष र १६जना महिला रहेका छन् । भने संख्याको आधारमा दोस्रो स्थानमा अन्नपूर्ण आरोहण गर्न चाहने २५ जनाले अनुमति लिएका छन्, जसमध्येमा तीन टीम मध्येमा १४ जना पुरुष र ११ जना महिला रहेका छन् ।

त्यसैगरी क्रमशः आमादब्लम उक्लिन २३, धवलागिरिका लागि १० , पुथा हिमचुली ७ र कञ्चनजंघा आरोहणका लागि ७ जनाले अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ। १ महिनाको अवधिमा आरोहण अनुमति लिनेहरुबाट १० करोड ५५ लाख राजस्व संकलन भएको छ।

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?