National life

हिमाल आरोहणमा विदेशीको मोह : दुई महिनामा ७ करोड बढी राजस्व सङ्कलन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ मंसिर २०८०, बिहिबार
1.3kShares
हिमाल आरोहणमा विदेशीको मोह : दुई महिनामा ७ करोड बढी राजस्व सङ्कलन
ncell

काठमाडौँ । पछिल्लो दुई महिनाको अवधिमा हिमाल आरोहण गर्नेको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ ।

पर्यटन विभागको तथ्याङ्क अनुसार पछिल्लो दुई महिनामा १ हजार ३ सय २९ जनाले हिमाल आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार स्वदेशी तथा विदेशी गरेर असोज र कात्तिक महिनामा उल्लेखित सङ्ख्याको पर्यटकले हिमाल आरोहण गरेका थिए ।

जसमा २६० जना महिला र १ हजार ६९ जना पुरुष छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दुई महिनाको अवधिमा ७६ वटा देशका नागरिकले नेपालको ५२ वटा हिमाल आरोहण गरेको पर्यटन विभागको जानकारी छ । त्यस मध्यमा सबैभन्दा धेरै आमादब्लम हिमाल आरोहण गर्न अनुमति लिइएको तथ्याङ्कमा उल्लेख छ ।

आमादब्लमका लागि पटक पटक गरेर ४५ टिमबाट ४ सय १२ जना पुरुष र ८० जना महिला गरी ४ सय ९२ जनाले आरोहण गरेका हुन्। यस्तै मनास्लुका लागि २६ टिमबाट २३६ जना पुरुष र ६५ महिला गरी कूल ३०१ जनाले अनुमति लिएका छन् ।

त्यसैगरी हिमलुङ्गका लागि १५ टिमका ९५ पुरुष र ३० महिला गरी १२५ जनाले आरोहण अनुमति लिँदा थोरोङ शिखरमा जान ७ टिमबाट ५१ जना पुरुष र १३ जना महिला गरी ६४ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

यस्तै वरुणको लागि ४ टिमबाट ३३ जना पुरुष र ६ महिला गरी ३९ जनाले अनुमति लिएका छन् भने, पुथा हिमचुलीका लागि ५ टिमबाट २४ पुरुष र ९ महिला गरी ३३ जनाले अनुमति लिएका छन् ।

कुन हिमालबाट कति उठ्यो रोयल्टी ?

दुई महिनाको अवधिमा ५२ वटा हिमाल आरोहण गरेबापत ७ करोड ६६ लाख ९३ हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको छ। जसमध्ये सबैभन्दा धेरै मानास्लु हिमाल आरोहणबाट ३ करोड ४० लाख ३७ हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको छ ।

त्यस्तै आमादब्लमका लागि २ करोड ६१ लाख ६५ हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको पर्यटन विभाग हिमाल शाखाका प्रमुख राकेश गुरुङले आर्थिक भ्वाईसलाई जानकारी दिएका छन् ।

यसैगरी, हिमलुङ्गका लागि ४१ लाख ५० हजार, पुथाका लागि १० हजार ९४ हजार, कुम्भकर्णका लागि १ लाख ९८ हजार, बरण शिखरका लागि १२ लाख ९४ हजार रोयल्टी सङ्कलन भएको छ ।

नेपालका विभिन्न हिमाल आरोहणका लागि अहिलेसम्म ७६ वटा देशका नागरिकले अनुमति लिएका छन् ।

विभागको जानकारी अनुसार अहिलेसम्म ७६ वटा देशले ५२ हिमाल आरोहण गरेको  र त्यसमध्ये सबैभन्दा धेरै युनाइटेड स्टेटबाट १ सय ३० जनाले हिमाल आरोहण गरेको जनाएको छ ।

पछिल्लो दुई महिनामा युनाइटेड स्टेटबाट १८ महिला र ११२ पुरुष गरी १३० जनाले आरोहण गरेका हुन् । यस्तै फ्रान्सबाट १ सय २९ जना, जर्मनीबाट ९६ जना, चाइनाबाट ७९ जना, बेलायतबाट ६७ जना, रसियाबाट ६७ जनाले आरोहण गरेका छन्।

यता पोल्याण्डबाट  ४७ जनाले हिमाल आरोहणको अनुमति लिँदा नेपालबाट पनि ४७ जनाले नै आरोहण गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?