National life

हिमालयन डिष्टिलरीकाे खुद नाफा ६६ करोड १ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
606Shares
हिमालयन डिष्टिलरीकाे खुद नाफा ६६ करोड १ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?
ncell

काठमाडौं । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६६ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३७.५४ प्रतिशत घटेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत असारसम्म कम्पनीको बिक्री आम्दानी २५.४३ प्रतिशत घटेर ६ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ६० प्रतिशत बढेर २ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ र जगेडा कोष ३०.३८ प्रतिशत घटेर ९२ करोड ३३ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ४२.४४ रुपैयाँ घटेर २७.१७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ रहेको छ छ । त्यस्तै मूल्य आम्दानी अनुपात ८२.७४ गुणा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?