काठमाडौं। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १२औं साधारणसभा घोषणा गरेको छ ।
लघुवित्तले यहीँ पुस २५ गते काठमाडौंमा आफ्नो १२औं वार्षिक साधारणसभा बोलाएको हो ।
साधारणसभामा ६ वटा प्रस्ताव पारित गर्ने संस्थाको तयारी छ । साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित गर्नेदेखि सञ्चालक नियुक्ति गर्ने सम्मका प्रस्तावहरु तय गरिएको छ ।
लघुवित्तले सर्वसाधारणको तर्फबाछ प्रतिनिधित्व गर्ने एक जना सञ्चालक नियुक्त गर्ने र संस्थापकबाट नियुक्त भएका सञ्चालकको निर्णय अनुमोदन गराउने प्रस्ताव समेत साधारणसभामा लैजाने जनाएको छ ।

































