National life

हेमबहादुर मल्ल सम्मान २०७९’ डा.थापालाई प्रदान गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ साउन २०८१, सोमबार
686Shares
हेमबहादुर मल्ल सम्मान २०७९’ डा.थापालाई प्रदान गरिने
ncell

काठमाडौं। नेपाल जनप्रशासन संघले ‘हेमबहादुर मल्ल सम्मान २०७९’ डा.भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै संघले यस विषयमा जानकारी दिएको हो । थापाले सम्मान पत्रसहित नगद रु दुई लाख रुपैयाँ पाउने भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो सम्मान सार्वजनिक वितरण क्षेत्रको अग्रणी संस्था साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले मल्लको स्मृतिमा स्थापना गरेको हो ।

डा.थापा पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपालका राष्ट्रिय हित र श्रीवृद्धिको लागि पुर्‍ याएको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिने भएको संघले जनाएको छ ।

विशेष समारोहबीच साउन २३ गते डा.थापालाई यो सम्मान अर्पण गरिनेछ। नेपाल सरकारका पूर्वसचिव एवं पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाको संयोजकत्वमा गठित सम्मान छनौट समितिमा तत्कालीन नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि वास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, सचिव बिन्दु विष्ट र पूर्व सचिव शिशिर कुमार ढुंगाना सदस्य रहेका थिए ।

यसअघि केदारभक्त माथेमा, चादनी जोशी, डा.भगवान कोइराला, डा.विमल कोइराला, महावीर पुन, स्व.अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा.देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा.सन्दुक रुइत, डा.गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसकेका छन् । डा.थापा यो सम्मानबाट सम्मानित हुने २०औं व्यक्ति हुनेछन् ।

मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रहेर सेवा गरेका थिए । उनी नेसनल फाइनान्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्ष हुन् ।

यो समाचार शेयर गर्नुहोस्
686SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?