National life

१० महिनामा एक हजार ८७२ उद्योगी तथा व्यापारीलाई कारबाही

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ जेठ २०८२, आइतबार
653Shares
१० महिनामा एक हजार ८७२ उद्योगी तथा व्यापारीलाई कारबाही
ncell

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक हजार ८७२ उद्योगी तथा व्यापारीलाई कारबाही गरेको छ । कार्यालयका अनुसार आफूखुसी ढक तथा तराजु र ९डिजिटल० नापतौल मेसिनको प्रयोग गर्नेहरुलाई जरिवानासहित कानुनी दायरमा ल्याइएको हो ।

कार्यालयका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म गरिएको अनुगमनका क्रममा उनीहरुलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनील यादवले राससलाई जानकारी दिए ।

कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापमा अनुगमन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो अवधिमा दुई हजार ३७२ जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरिएको थियो । कार्यालयले सो अवधिमा एकल अनुगमन २९ पटक, व्यावसायिक फर्मको अनुगमन २७२ पटक, संयुक्त अनुगमन १८ पटक, व्यावसायीक फर्मको अनुगमन ४९९ पटक गरेको थियो ।

जसमा कार्यालयले विभिन्न शीर्षकमा ४१ लाख १२ हजार ८४० संकलन गरेको छ । कार्यालयले गत आवको सोही अवधिमा र विभिन्न शीषर्कवाट तीस लाख ६३ हजार २४४ राजस्व संकलन गरेको थियो । गत आवमा कार्यालयले एक हजार ९७५ कम्पनी अनुगमन गरी एक हजार ३९० कम्पनीलाई कारबाही गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?